पोखरेली सुमितसहित २५ जना फुटसलको क्लोज क्याम्पमा

पाेखरा | भदौ १२, २०८०

पोखरेली सुमितसहित २५ जना फुटसलको क्लोज क्याम्पमा

पोखरा:     राष्ट्रिय फुटसल टोलीको क्लोज क्यापमा पोखरेली सुमित श्रेष्ठसँगै २५ खेलाडी बोलाइएका छन्  । 


राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षक गौरव बस्नेतले मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोटका लागि पोखरेली सुमित सहित २५ जनालाई प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।


एन्फा फुटसलले भदौ २७ गते चन्द्रागिरिस्थित मत्स्य मनोरञ्जन केन्द्रमा आयोजना गरेको विभिन्न चरणको छनोटपछि टोली आएको हो ।


टोलीको गोलकिपरमा सुमित आले, सागर गुरुङ, आशिष दंगल, सनम शेर्पा छन् 


यस्तै फिक्सोमा सुरज गुरुङ, विजय श्रेष्ठ, सरोज तामाङ, सान्जे स्याङ्तान, रुपेश क्षेत्री, अलामा   रजत तिवारी, आदिल हमिद, सुमित श्रेष्ठ, अरुज सिंह, हेमन्त गुरुङ, अमित लामा, दिपेश घले, रोशन अधिकारी, सुमन कार्की, सुजित बुढाथोकी, अशोक दरलामी, किरण चौधरी, पिभोटमा मणि लामा, रिवास मास्के, उज्वोल शाही, मनिस सेढाई रहेका छन् ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्